
दाङ, ७ भदौ । दाङमा पत्रकारसहित आठ जना बन्दकर्ता पक्राउ परेका छन् ।
इलाका प्रहरी कार्यालय, तुलसीपुरका अनुसार पत्रकार हेमन्तप्रकाश ओलीसहित चारजनालाई पक्राउ गरिएको हो ।
यसरी पक्राउ पर्नेमा पक्राउ पर्नेमा जनपत्रकार सङ्गठन दाङका जिल्ला अध्यक्ष हेमन्त प्रकाश वलीसहितका छन ।
तुलसीपुरको बिरेन्द्र चोकमा सवारी सञ्चालनमा अवरोध गर्ने, चाँवी खोस्ने गरिरहेको अवस्थामा बिहान ८ बजे चार जनालाई नियन्त्रणमा लिएको ईलाका प्रहरी कार्यालय तुलसीपुरका डिएसपी पुष्पराज मल्लले जानकारी दिए ।
तुलसीपुरबाट पक्राउ पर्नेमा नेत्र बिक्रम चन्द (विप्लव) का कार्यकर्ता संजय, सुर्दशन, हेमन्त र दीपेन्द्र रहेका छन् । त्यसैगरी घोराही पनि जबरजस्ती गाडी रोक्न खोज्ने चार जना विप्लवका कार्यकर्ता पक्राउ परेका छन् ।
घोराहीको सर्रामा बाटोमा ढुङगाहरु राखेर गाडीहरु रोक्न खोज्ने हिमाल केसी, टार्जन वली, खुमन पौडेल र प्रकाश बुढा मगरलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय दाङका डिएसपी राजन गौतमले जानकारी दिए ।
सरकारसँग भएको ३ बुँदे सम्झौताअनुसार आफ्नो पार्टीका नेता, कार्यकर्तामाथि लगाइएका मुद्दा फिर्ता, थुनाबाट मुक्त गर्नुपर्ने माग अगाडि सार्दै मंगलबार नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष नेत्र बिक्रम चन्द (विप्लव), ऋषि कट्टेल नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी, वैज्ञानिक समाजवादी कम्युनिष्ट पार्टी नेपाल र नेकपा माओवादी समाजवादीले नेपालबन्दको आह्वान गरेका छन ।















प्रतिक्रिया