
काठमाडौं । नवौं संस्करणको ‘छायाँछबि तीज म्यूजिक अवार्ड, २०७९’ आगामी शुक्रबार काठमाडौंमा हुने भएको छ ।
सांस्कृतिक पर्व तीजको सेरोफेरोमा आयोजना गर्न लागिएको उक्त अवार्डका लागि पाँच मनोनयन गरिएको छ । तीजको परम्परालाई कायम राख्दै नवौैं छायाँछबि तीज म्युजिक अवार्ड –०७९ को आयोजना गर्न लागिएको अवार्डका अध्यक्ष शान्तिप्रियले जानकारी दिएका छन् ।
‘तीजको अवसरमा प्रकाशित गरिने तीज गीतको संख्या गत वर्षहरुमा कारोना प्रभाव परे पनि यो पटक भने केही उत्साहजनक देखिएको छ,’ अध्यक्ष शान्तिप्रियले भने, ‘हामीले तीजका अवसरमा संलग्न हुने सर्जकहरुलाई सांस्कृतिक पर्व तीजका अवसरमा प्रोत्साहन मिलोस र तीजका गीतले र त्यसका श्रष्टा÷सर्जकले प्रोत्साहित हुने मौका पाउन् भन्ने धेयका साथ यो अवार्डको आयोजना गर्न लागेका हौँ ।’
मौलिक सांस्कृतिक पर्व तीजलाई मनोरञ्जनको भन्दा पनि संस्कृतिको सम्बर्द्धन एवम् प्रवर्द्धनसँग जोडेर अवार्ड आयोजना गरिने उनको भनाइ छ । ‘मुलतः मनोरञ्जन सँगसगै संस्कृतिको पर्व तीज अवार्डको नवौैं श्रृंखलामा उत्कृष्ट ५ को मनोनयनमा पर्नुहुने सबै श्रष्टालाई बधाई छ,’ उनले भने, ‘तीजका अवसरमा प्रकाशन भएका वा अवार्डमा भाग लिन आइपुग्नु भएका सबै श्रष्टा सर्जकहरुले सांस्कृतिक पर्व तीजका लागि आफ्नो साँस्कृतिक धर्म निभाउनु भएकोमा हार्दिक आभार प्रकट गर्दछौं ।’
बदलिदो समय र लगानीको प्रतिफल नदेख्दा नदेख्दै पनि जे जति गीत निर्माण भए र अवार्डसम्म दर्ता हुन आए त्यसका लागि सम्पूर्णमा उनले धन्यवाद दिएका छन् ।
उत्कृष्ट तीज गीत ध्वनी मुद्रण, उत्कृष्ट तीज गीत एरेञ्जर, उत्कृष्ट मौलिक तीज गीत एरेञ्जर, उत्कृष्ट तीज गीत मोडल (पुरुष), उत्कृष्ट तीज दोहोरी गीत सम्पादक, उत्कृष्ट तीज गीत सम्पादक, उत्कृष्ट तीज गीत छायांकार, उत्कृष्ट मौलिक तीज गीत छायांकार, उत्कृष्ट तीज गीत नृत्य निर्देशक, उत्कृष्ट मौलिक तीज गीत नृत्य निर्देशक, उत्कृष्ट तीज दोहोरी गीत भिडियो निर्देशक, उत्कृष्ट तीज गीत भिडियो निर्देशक, उत्कृष्ट मौलिक तीज गीत भिडियो निर्देशक, उत्कृष्ट तीज गीत मोडल, उत्कृष्ट मौलिक तीज गीत मोडल, उत्कृष्ट तीज गीत दोहोरी शब्दलगायत शीर्षकमा अवार्ड वितरण गर्न लागिएको उनको भनाइ छ ।















प्रतिक्रिया