
काठमाडौं, ६ भदौ । महालक्ष्मी विकास बैंकले यो वर्षको हरितालिका तीजलाई लक्षित गरी ‘नारी सम्मान अभियान’ सार्वजनिक गरेको छ ।
भदौ महिनामा गृहलक्ष्मी बचत खाता खोल्ने नारीलाई सम्मानस्वरुप निःशुल्क एटीएम कार्ड तथा मोवाइल बैकिङका साथै लकर सेवामा ५०% छूट प्रदान गर्ने बैंकले जनाएको छ ।
बैंकले नारीहरुको बैंकिङ्ग आवश्यकता, चाहना तथा अपेक्षालाई मध्यनजर गर्दै नारी सम्मान अभियान ल्याएको बैंकद्वारा जारी प्रेस विज्ञप्तिमा उल्लेख छ । देशैभर छरिएर रहेका १०३ शाखाहरु मार्फत यो खाता खोल्न सकिने बैंकको भनाइ छ ।















प्रतिक्रिया