
काठमाडौं, ६ भदौ । सरकारले वैदेशिक रोजगार बोर्डको कार्यकारी निर्देशकमा डा. द्वारिका उप्रेतीलाई नियुक्त गरेको छ ।
सोमबार बसेको मन्त्रीपरिषद्को बैठकले बोर्डको कार्यकारी निर्देशकमा उप्रेतीलाई नियुक्त गरेको हो । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले कार्यकारी निर्देशक नियुक्तिका लागि सरकारसमक्ष ३ जनाको नाम सिफारिस गरेको थियो ।
उप्रेतीसिहत निर्मलकुमार उप्रेती र युवराज बस्नेत सिफारिसमा परेका थिए ।
सरकारले वैदेशिक रोजगार व्यवसायलाई प्रवर्द्धन गर्न, सो व्यवसायलाई सुरक्षित, व्यवस्थित र मर्यादित बनाउन तथा वैदेशिक रोजगारमा जाने कामदार र वैदेशिक रोजगार व्यवसायीको हकहित संरक्षण कार्य गर्ने प्रयोजनका लागि वैदेशिक रोजगार बोर्डको गठन गरेको हो ।
यो बोर्ड वैदेशिक रोजगार ऐन, २०६४ को दफा ३८ मा भएको व्यवस्थाबमोजिम गठन भएको हो ।
श्रम तथा रोजगारमन्त्रीको अध्यक्षता रहने बोर्डमा उच्च पदस्थ सरकारी अधिकारी, वैदेशिक रोजगार व्यवसायी, ट्रेड युनियन, वैदेशिक रोजगार विज्ञ र यस क्षेत्रमा कार्यरत संस्थाहरको प्रतिनिधित्व रहने व्यवस्था छ ।
हाल वोर्डमा अध्यक्षसहित २५ जना सदस्यहरू छन् ।















प्रतिक्रिया