
काठमाडौं, ६ भदौ । अभियान लघुवित्त वित्तीय संस्था र कुमारी क्यापिटलबीच शेयर रजिष्ट्रारसम्बन्धी सम्पूर्ण कार्य गर्नका लागि सम्झौता भएको छ ।
आज सोमबार एक कार्यक्रमकाबीच कुमारी क्यापिटल लिमिटेडका तर्फबाट पुष्प शर्मा र अभियान लघुवित्त वित्तीय संस्था लिमिटेडको तर्फबाट रोशनकुमार अधिकारीले सम्झौतापत्रमा हस्ताक्षर गरेका छन् ।
सम्झौतासँगै अब अभियान लघुवित्तको धितोपत्र कारोबारसम्बन्धी अभिलेख राख्ने, शेयर दाखिल खारेज गर्ने, नामसारी गर्ने र शेयरधनीहरुको लगत अद्यावधिक गरी राख्नेसम्बन्धी सम्पूर्ण कार्यहरु नागपोखरीमा अवस्थित कुमारी क्यापिटल लिमिटेडले गर्ने छ ।















प्रतिक्रिया