
काठमाडौं, ६ भदौ । नेपालमा पछिल्लो २४ घण्टामा थप ६५८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।
बितेको २४ घण्टामा देशभर गरिएको ६ हजार ६४३ जनाको नमूना परीक्षणबाट ६५८ जनामा सङ्क्रमण पुष्टि भएको हो ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ३ हजार ३८१ जनाको आरटी–पीसीआर गर्दा ४०५ जना र ३ हजार २६२ जनाको एन्टिजेन परीक्षण गर्दा २५३ जनामा संक्रमण पुष्टि भएको हो । यो सँगै नेपालमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या ९ लाख ९५ हजार ६४६ जना पुगेको छ ।
नेपालमा पछिल्लो २४ घण्टामा कोरोना भाइरस संक्रमणका कारण थप १ जनाको मृत्यु भएको छ । यो सँगै नेपालमा कोरोना भाइरसको संक्रमणका कारण ज्यान गुमाउनेको संख्या ११ हजार ९९३ जना पुगेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ४५६ जना संक्रमित संक्रमणमुक्त भएका छन् । यो सँगै नेपालमा कोरोना भाइरसको संक्रमणबाट मुक्त हुनेको संख्या ९ लाख ७९ हजार ३५७ जना पुगेको छ । यो कुल संक्रमितको ९८ दशमल ४ प्रतिशत हो ।
अघिल्लो दिन देशभर ३ हजार ४२३ जनाको नमूना परीक्षण गर्दा २८६ जनामा संक्रमण पुष्टि भएको थियो भने ४७९ जना संक्रमित संक्रमणमुक्त भएका थिए । उक्त दिन कोरोनाका कारण कसैको पनि मृत्यु भएको थिए ।
हाल देशभर सक्रिय संक्रमितको संख्या ४ हजार २९६ जना छ । मन्त्रालयका अनुसार हालसम्म नेपालमा ५८ लाख ७३ हजार ७९६ जनाको स्वाब (नमूना) परीक्षण गरिएको छ भने अहिले ४ हजार २९६ जना आइसोलेसनमा छन् ।















प्रतिक्रिया