
काठमाडौं, ६ भदौ । निर्वाचन आयोगले आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा उम्मेदवारहरूले १० वटासम्म राष्ट्रिय झण्डा प्रयोग गर्न तथा विदेशी नम्बर प्लेटका गाडी प्रयोगमा रोक लगाउने भएको छ ।
निर्वाचन आयोगले प्रस्ताव गरेको निर्वाचन आचार संहितामा दल वा उम्मेदवारले बढीमा १० वटा राष्ट्रिय झण्डा प्रयोग गर्न पाउने प्रस्ताव गरिएको छ । यद्यपि, यो प्रस्तावलाई राजनीतिक दलहरूले पनि सहमति दिनुपर्ने छ ।
त्यस्तै आयोगले निर्वाचनमा विदेशी नम्बर प्लेटको सवारी प्रयोग गर्न पनि नदिने भएको छ ।
भारतीय सीमानासँग जोडिएका प्रदेश १, मधेश, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका जिल्लाको चुनावलाई लक्षित गरी आयोगले यस्तो प्रस्ताव ल्याएको बताएको छ ।
यसअघिका निर्वाचनमा पनि सीमावर्ती जिल्लामा भारतबाट सस्तोमा गाडी भाडामा लिएर चुनावमा प्रयोग हुँदै आएको थियो ।















प्रतिक्रिया