४ कार्तिक २०८३, बुधबार

एउटै घोषणापत्र बनाएर निर्वाचनमा जान माओवादी केन्द्र र नेकपा एस सहमत

56
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ६ भदौ । नेकपा (माओवादी केन्द्र) र नेकपा (एकीकृत समाजवादी) पार्टीले आगामी मंसिर ४ गते हुने आम निर्वाचनमा एउटै घोषणापत्र बनाएर अगाडि बढ्ने भएका छन् ।

पछिल्लो समय यी दुई पार्टीबीच एकता गर्ने चर्चा चलिरहेका बेला आगामी प्रदेश र प्रतिनिधि निर्वाचनमा एउटै चुनावी घोषणापत्र लिएर जान समेत दुवै दल सहमत भएका हुन् ।

उनीहरूले छिट्टै पार्टी एकता संयोजन समिति बनाउने समहति समेत गरेको बताइएको छ ।