४ कार्तिक २०८३, बुधबार

प्रदीप गिरिको निधनले नेपालको लोकतान्त्रिक आन्दोलनलाई अपुरणीय क्षति : जनमोर्चा

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ६ भदौ । राष्ट्रिय जनमोर्चाले नेपाली काङ्ग्रेसका नेता एवम् प्रतिनिधिसभा सदस्य प्रदीप गिरिको निधनबाट नेपालको लोकतान्त्रिक आन्दोलनलाई अपुरणीय क्षति पुगेको बताएको छ ।

गिरिको निधनप्रति आज सोमबार एक शोक वक्तव्य जारी गर्दै सो पार्टीले बौद्धिक व्यक्तित्व, निष्ठावान समाजवादी चिन्तक र लोकतन्त्रवादी नेता गुमाएको पनि उल्लेख गरेको छ ।

‘प्रदीप गिरि एउटा बौद्धिक व्यक्तित्व, निष्ठावान समाजवादी चिन्तक, लोकतन्त्रवादी तथा नेपाली काङ्ग्रेसका नेता हुनुहुन्थ्यो । उहाँको मृत्युले नेपालको लोकतान्त्रिक आन्दोलनका लागि क्षति पुगेको छ,’ वक्तव्यमा अगाडि लेखिएको छ, ‘हामीले उहाँको मृत्युप्रति दुःख प्रकट गर्दै हार्दिक श्रद्धाञ्जली व्यक्त गर्दछौँ तथा शोक सन्तप्त परिवारजनप्रति हार्दिक समवेदना प्रकट गर्दछौँ ।’

लामो समयदेखि घाँटीको क्यान्सरबाट पीडित गिरिको शनिबार राति ललितपुरस्थित मेडिसिटी अपतालमा उपचारकै क्रममा निधन भएको थियो । स्वर्गीय गिरिको आइतबार राजकीय सम्मानका साथ पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको छ ।