४ कार्तिक २०८३, बुधबार

आईआईएफटी र सिभिल बैंकबीच छात्रवृत्ति सम्झौता

70
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ५ भदौ । इन्टरनेशनल इन्स्टिच्युट अफ फेशन टेक्लोलोजी (आईआईएफटी) र सिभिल बैंकबीच स्कलरशीप गर्ने सम्झौता भएको छ ।

उक्त सम्झौता अनुसार सिभिल बैंकमा खाता हुने ग्राहकले आईआईएफटीमा फेसन डिजाइनिङ र इन्टेरियर डिजानिङ सिक्न चाहँदा अधितम १५ प्रतिशत छूट पाउने भएका छन् ।

उक्त सम्झौतामा आईआईएफटीका तर्फबाट प्रबन्धक निर्देशक फूपु तेन्जिङ शेर्पा तथा निर्देशक विपना थापा र सिभिल बैंकको तर्फबाट सिभिल बैंक बागमती प्रदेश प्रमुख सुरज दाहाल तथा बाङ्गेमुडा शाखा प्रमुख रजल बज्राचार्यले हस्ताक्षर गरेका छन् । हेरिटेज प्लाजास्थित आईआईएफटीको कार्यालयमा भएको एक कार्यक्रमबीच उक्त सम्झौतामा हस्ताक्षर भएको हो ।

उक्त सम्झौतापछि आईआईएफटीका प्रबन्धक निर्देशक फूपु तेन्जिङ शेर्पाले आईआईएफटीको अफिसियल बैंक सिभिल बैंक रहने बताए । उक्त सम्झौताले विशेषगरी आईआईएफटीमा फेसन डिजाइनिङ सिक्न चाहनेहरु लाभान्वित हुने बैंक र आईआईएफटीको विश्वास छ ।

आईआईएफटीले पछिल्लो केही वर्षयता फेसन डिजाइनिङ बन्न चाहनेहरुका इच्छा पूर्ति गर्दै आएको छ । काठमाडौंको बागबजारस्थित बागबजार प्लाजा, कमलादीस्थित हेरिटेज प्लाजा र ललितपुरको कुमारी पाटीमा आईआईएफटी सञ्चालनमा रहेको छ ।

अहिलेसम्म आईआईआएफटीबाट सयौँको संख्यामा फेसन डिजाइनर उत्पादन भ्यसकेका छन् । साथै, पछिल्लो समय आईआईएफटीले इन्टेयर डिजाइनिङको पनि कोर्ष शुरू गरेको छ ।