४ कार्तिक २०८३, बुधबार

सी–आस्वा शुल्क घटाउने धितोपत्र बोर्डको तयारी, पाँच रुपैयाँ भन्दा बढी लिन नपाइने

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ६ भदौ । नेपाल धितोपत्र बोर्डले साधारण् शेयर (आईपी)ओ भर्दा लाग्ने सी–आस्वा शुल्क घटाउने तयारी गरेको छ ।

हालै बसेको बोर्ड सञ्चालक समितिको बैठकमा सी–आस्वा शुल्क घटाउने प्रस्तावमाथि छलफल भएको बताइएको छ । बोर्डले सी–आस्वा शुल्क अधिकतममा ५ रुपैयाँसम्म लिन पाउने व्यवस्था गर्ने तयारी गरेको स्रोतको भनाइ छ ।

हाल यस्तो शुल्क अधिकतम १०० रुपैयाँ लिन पाउने व्यवस्था छ । लामो समयदेखि लगानीकर्ताहरूले सी–आस्वा सेवा निःशुल्क हुनुपर्ने माग गर्दै आएका छन् ।