
काठमाडौं, ५ भदौ । नेकपा एमालेका सचिव टोपबहादुर रायमाझीले पाँच दलीय गठबन्धन आगामी निर्वाचन जितेमा मुलुक ३० वर्ष पछि फर्किने बताएका छन् ।
अहिले सत्ताधारी दलहरूले एमालेविरुद्ध बनाएको ‘महागठबन्धन’ र एमालेबीच विकास र विनाशको लडाइँ भइरहेको बताउँदै उनले गठबन्धन दलहरूले नीति, विचार, सिद्धान्त छोडिसकेको तथा विकास र समृद्धिको कुनै योजना र दृष्टिकोण नभएको समेत बताएका छन् ।
प्रेस चौतारी चितवनले आज भरतपुरमा आयोजना गरेको पत्रकार सम्मेलनमा रायमाझीले गठबन्धन विनाशतर्फ गइरहेको समेत बताएका छन् । उनले अबको निर्वाचनमा लोभीपापीहरूको गठनबन्धनले जित्ने हो भने देश २५–३० वर्षसम्म पछाडि पर्ने स्थिति रहेको जिकिर गरेका छन् ।
कांग्रेस बाहेकका दलहरुले पटक–पटक एमालेसँग आएर गठबन्धन गर्न ईच्छा जाहेर गरेको भन्दै उनले लक्ष्य, उद्देश्य, विचार राजनीतिलाई छोडेर अराजनीतिक तवरको गठबन्धन नहुने पनि दाबी गरेका छन् ।















प्रतिक्रिया