४ कार्तिक २०८३, बुधबार

हँसिया प्रहारबाट गम्भीर महिलालाई हेरिकोप्टरमार्फत काठमाडौं ल्याइयो

112
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

फाइल फोटो

काठमाडौं, ५ भदौ । नुवाकोटको तादी गाउँपालिका–५ गोरेकी एक महिलामाथि धारिलो हतियार प्रहार गर्दा गम्भीर घाइते भएकी छिन् ।

५० वर्षीया मपहला दुर्गा न्यौपानेमाथि स्थानीय ४० वर्षीय शम्भु तामाङले आइतबार हँसिया प्रहार गर्दा गम्भीर घाइते भएको जिल्ला प्रहरी कार्यालय नुवाकोटले जनाएको छ ।

घाइते महिलालाई सिम्रिक एयरको हेलिकप्टरमार्फत उद्धार गरी काठमाडौं ल्याइएको छ । उनको हाल काठमाडौं महाराजगन्जस्थित त्रिवि शिक्षण अस्पतालमा उपचार भइरहेको छ ।

महिलामाथि आक्रमण गर्ने व्यक्तिलाई प्रहरीले पक्राउ गरिसकेको बताएको छ ।