४ कार्तिक २०८३, बुधबार

राष्ट्रपति भण्डारीद्वारा दुई वटा विधेयक प्रमाणीकरण

280
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ५ भदौ । राष्ट्रपति विद्यादेवी भण्डारीले दुई वटा विधेयक प्रमाणीकरण गरेकी छिन् ।

उनले नेपाल इन्जिनीयरिङ परिषद् ऐन, २०५५ लाई संशोधन गर्न बनेको विधेयक, ज्येष्ठ नागरिकसम्बन्धी ऐन, २०६३ लाई संशोधन गर्न बनेको विधेयक आज आइतबार प्रमाणीकरण गरेकी हुन् ।

राष्ट्रपति भण्डारीले संघीय संसद्को दुवै सदनको बैठकबाट पारित भई प्रमाणीकरणका लागि पेश हुन आएका दुई वटा विधेयक नेपालको संविधानको धारा ११३ को उपधारा २ बमोजिम प्रमाणीकरण गरेको राष्ट्रपति कार्यालयले जनाएको छ ।