४ कार्तिक २०८३, बुधबार

काङ्ग्रेस नेता गिरिप्रति श्रद्धाञ्जली अर्पण गर्न एमाले अध्यक्ष ओली पशुपतिमा

56
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ५ भदौ । नेपाली काङ्ग्रेसका नेता तथा प्रतिनिधिसभा सदस्य प्रदीप गिरिप्रति अन्तिम श्रद्धाञ्जली अर्पण गर्न नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली पशुपतिस्थित आर्यघाटमा पुगेका छन् ।

उनले आर्यघाटमा चितामाथि राखिएको गिरिको शवमा पुष्पगुच्छा अर्पण गर्दै श्रद्धाञ्जली अर्पण गरे ।

शनिबार राति मेडिसिटी अस्पतालमा उपचारका क्रममा निधन भएका गिरिको शव कांग्रेस केन्द्रीय कार्यालय सानेपाबाट अहिले आर्यघाट पुर्याएर अन्तिम संस्कार गरिदैछ ।