४ कार्तिक २०८३, बुधबार

थप २८६ जनामा कोरोना सङ्क्रमण पुष्टि, ४७९ जना सङ्क्रमणमुक्त

42
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ५ भदौ । नेपालमा पछिल्लो २४ घण्टामा थप २८६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

बितेको २४ घण्टामा देशभर गरिएको ३ हजार ४२३ जनाको नमूना परीक्षणबाट २८६ जनामा सङ्क्रमण पुष्टि भएको हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १ हजार ८१६ जनाको आरटी–पीसीआर गर्दा २०२ जना र १ हजार ६०७ जनाको एन्टिजेन परीक्षण गर्दा ८४ जनामा संक्रमण पुष्टि भएको हो । यो सँगै नेपालमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या ९ लाख ९५ हजार २४१ जना पुगेको छ ।

नेपालमा पछिल्लो २४ घण्टामा कोरोना भाइरस संक्रमणका कारण कसैको पनि मृत्यु भएको छैन । पछिल्लो विवरण अनुसार नेपालमा कोरोनाबाट ज्यान गुमाउनेको सङ्ख्या ११ हजार ९९२ जना छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ४७९ जना संक्रमित संक्रमणमुक्त भएका छन् । यो सँगै नेपालमा कोरोना भाइरसको संक्रमणबाट मुक्त हुनेको संख्या ९ लाख ७८ हजार ९०१ जना पुगेको छ । यो कुल संक्रमितको ९८ दशमल ४ प्रतिशत हो ।

अघिल्लो दिन देशभर ४ हजार ३३७ जनाको नमूना परीक्षण गर्दा २९९ जनामा संक्रमण पुष्टि भएको थियो भने कोरोना सङ्क्रमणका कारण थप २ जनाको मृत्यु भएको थियो । उक्त दिन ५७७ जना संक्रमित संक्रमणमुक्त भएका थिए ।

हाल देशभर सक्रिय संक्रमितको संख्या ४ हजार ३४८ जना छ । मन्त्रालयका अनुसार हालसम्म नेपालमा ५८ लाख ७० हजार ४१५ जनाको स्वाब (नमूना) परीक्षण गरिएको छ भने अहिले ४ हजार ३४८ जना आइसोलेसनमा छन् ।