
काठमाडौं, ५ भदौं । आईएमई–पे र दराजबीच विभिन्न सेवा तथा सुविधाहरू आदानप्रदान गर्ने सम्झौता भएको छ ।
‘दराज वालेट–डे’लाई लक्षित गरी उक्त सम्झौता गरिएको कम्पनीले जनाएको छ । सम्झौता अनुसार हरेक बुधबार आईएमई–पेमार्फत भुक्तानी गर्दा १०% छूटको रिडिम भाउचर पाउने व्यवस्था मिलाइएको बताइएको छ ।
प्रयोगकर्ताहरुलाई हरेक बुधबार आईएमई–पे एपको १०% छूट (रू. ३५० सम्मको) पाइने रिडिम भाउचर दराजको होम पेजमा प्रदान गरिने पनि कम्पनीले जनाएको छ । यसअघि पनि आईएमई–पे दराजको भुक्तानी पार्टनर रही यस्ता विभिन्न छूटसम्बन्धी अफरहरु र यसै ‘दराज वालेट–डे’को पहिलो संस्करण पनि छ ।















प्रतिक्रिया