४ कार्तिक २०८३, बुधबार

दशैंका सामान नाकामै रोकिएपछि व्यवसायी भन्छन्– व्यवसायबाटै पलायन हुनुपर्ने अवस्था आयो

70
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ५ भदौ । नजिकिदो दशैंलाई लक्षित गरी नेपाली व्यवसायीले ल्याएको सामान चिनियाँ नाकामा राकिएपछि व्यवसायीहरु समस्यामा परेका छन् ।

नेपालीहरुको महान पर्व दशैं तथा तिहार नजिकिएको बेला नाकामा सामानहरु रोकिएपछि व्यवसायीहरु चिन्तित बनेका हुन् ।

नेपाल राष्ट्रिय व्यवसायी महासंघले नाकामा देखिएको समस्या कुटनीतिक पहलबाट समाधान गर्न सरकारसँग अनुरोध गरेको छ । आइतबार महासंघका अध्यक्ष कुमार कार्कीले प्रेस विज्ञप्ति जारी गर्दै समस्या समाधान गर्न अनुरोध गरेका हुन् ।

यतिबेला आयातित सामग्रीहरु चिनियाँ सीमानामा रोकिएको र निर्यात लामो समयदेखि ठप्प भएको घटनाले नेपाल राष्ट्रिय व्यवसायी महासंघको ध्यानाकर्षण भएको उल्लेख गर्दै विज्ञप्तिमा लेखिएको छ, ‘चाडपर्व लक्षित सामानहरु चिनियाँ नाकामा केही समयदेखि रोकिएको र समयमा सामान आइनपुग्दा सम्पूर्ण व्यवसायीहरु धराशायी हुने खतरा बढेको छ ।’

विदेशी मुद्रा सञ्चितिमा भएको कमीका कारण सामान आयात गर्न पनि व्यवसायीहरुले निकै समस्या खेपिरहेका उल्लेख गर्दै विज्ञप्तिमा अगाडि लेखिएको छ, ‘विविध समस्याका बावजुद चाडपर्व लक्षित सामग्रीहरु अर्डर गरिए पनि सीमामा नै रोकिनु अत्यन्तै दुखद् कुरा हो । सीमानामा यही किसिमको अवरोध रहने हो भने धेरै उद्योगी–व्यवसायीहरु आफ्नो व्यवसायबाटै पलायन हुन सक्ने खतरा बढेको छ ।’

नाकामा देखिएका समस्याहरु समाधान गर्नका लागि आवश्यक कुटनीतिक पहल गरी यथाशिघ्र यी समस्याहरु समाधान गरिदिन महासंघले सरकार, परराष्ट्र मन्त्रालयलगायत सबै सरोकारवालाहरुसँग अनुरोध समेत गरेको छ ।

Nfn release