
काठमाडौं, ५ भदौ । भारतको बिहार राज्यका मुख्यमन्त्री नितिश कुमारले नेपाली कांग्रेसका नेता प्रदीप गिरिको निधनप्रति दुःख व्यक्त गरेका छन् ।
आइतबार सामाजिक सञ्जालबाट नितिशले गिरिको आत्माको चिरशान्तिको कामना गर्दै निधनप्रति दुःख व्यक्त गरेका हुन् ।
‘नेपाली कांग्रेसका वरिष्ठ नेता एवम् प्रतिनिधि सभाका माननीय सदस्य प्रदीप गिरिजीको निधन दुःखद छ । उहाँ नेपाली राजनीतिका दार्शनिक र समाजवादी विचारक हुनुहुन्थ्यो । उहाँले राजनीतिक सीमाभन्दा पर सबै विचारधाराका राजनीतिक दलबाट सम्मान र आदर पाउनुभयो । ईश्वरले उहाँको आत्मालाई शान्ति देऊन् !’ उनले ट्विटरमा लेखेका छन् ।















प्रतिक्रिया