
काठमाडौं, ५ भदौ । उपराष्ट्रपति नन्दबहादुर पुन ‘पासाङ’ले नेपाली काङ्ग्रेसका नेता तथा सांसद प्रदीप गिरिको निधनप्रति गहिरो शोक व्यक्त गरेका छन् ।
गिरिको निधनबाट देशले एक समाजवादी विचारक, बौद्धिक नेता गुमाएको बताउँदै पुनले उनको निधनप्रति दुःख व्यक्त गरेका हुन् ।
गिरिको भौतिक शरीरले छोडेर गए पनि उनको विचार र देशका लागि पुर्याएको योगदानले उनी सधैँ सधैँका लागि बाँचिरहने उपराष्ट्रपति पुनको विश्वास छ । पुनले दिवंगत गिरिप्रति श्रद्धाञ्जली व्यक्त गर्दै शोकाकुल परिवारजनमा गहिरो समवेदना व्यक्त गरेका छन् ।















प्रतिक्रिया