४ कार्तिक २०८३, बुधबार

साहित्य सन्ध्याद्वारा ६ जना स्रष्टालाई ‘साहित्य सन्ध्या पुरस्कार तथा सम्मान’ प्रदान

42
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ५ भदौ । साहित्य सन्ध्याले ‘साहित्य सन्ध्या पुरस्कार तथा सम्मान’ विभिन्न ६ जना स्रष्टालाई प्रदान गरेको छ ।

नेपाल प्रज्ञा–प्रतिष्ठानमा शनिबार आयोजित साहित्य सन्ध्याको ४३१औँ विशेष श्रृङ्खलामार्फत स्रष्टाहरूलाई सम्मान अर्पण गरिएको साहित्यसन्ध्याका उपाध्यक्ष रमेश पोखरेलले जानकारी दिए ।

विगत अड्तिस वर्षदेखि अविच्छिन्नरूपमा मासिक साहित्यिक गोष्ठी गरिरहेको, समसामयिक विषयमा बहस तथा छलफल गरिरहेको र नेपाली प्रगतिवादी साहित्यमा योगदान गरिरहेका विभिन्न स्रष्टालाई ‘साहित्य सन्ध्या पुरस्कार तथा सम्मान’ अर्पण गरिरहेको साहित्य सन्ध्याले विभिन्न छ जना स्रष्टालाई पुरस्कार तथा सम्मान अर्पण गरेको हो ।

जसअन्तर्गत मोरङकी रेखा सुवेदीलाई ‘साहित्य सन्ध्या पुरस्कार सम्मान’, इलामका डम्बर पहाडीलाई ‘साहित्य सन्ध्या सहभागिता पुरस्कार तथा सम्मान’, धनकुटाकी विन्दु अधिकारी ढकाललाई ‘साहित्य सन्ध्या सहभागिता पुरस्कार तथा सम्मान’, काठमाडौंका नारायणप्रसाद भण्डारीलाई ‘साहित्य सन्ध्या–कृबा (कृष्णचन्द्र–बालकुमारी) पुरस्कार तथा सम्मान’, रोल्पाकी निशा रोका मगरलाई ‘साहित्य सन्ध्या–मन पुरस्कार तथा सम्मान’ र ताप्लेजुङका डा.फणीन्द्रराज निरौलालाई ‘साहित्य सन्ध्या–हरिप्रिया–हरिप्रसाद चापागाईँ नियात्रा पुरस्कार तथा सम्मान’ अर्पण गरिएको पोखरेलले जानकारी दिएका छन् ।

समारोहमा नर्मदेश्वरी सत्यालद्वारा लिखित निबन्धसङ्ग्रह ‘रमेकै छु म’को प्रमुख अतिथि, विशिष्ट अतिथि, विशेष अतिथिले संयुक्तरूपमा लोकार्पण गरेका थिए भने उक्त कृतिमाथि अत्यन्त सङ्क्षिप्तमा रमेश पोखरेलले प्रकाश पारेका थिए ।

सन्ध्याका अध्यक्ष राम विनयको अध्यक्षतामा सम्पन्न उक्त विशेष गोष्ठीमा प्रमुख अतिथिका रूपमा नेपाल प्रज्ञा–प्रतिष्ठानका माननीय कुलपति गङ्गाप्रसाद उप्रेती उपस्थित थिए भने विशिष्ट अतिथिमा वरिष्ठ पत्रकार भैरव रिसाल थिए ।

त्यस्तै विशेष अतिथिमा साहित्यकार एवम् पूर्वमन्त्री शान्ता मानवी, नेपाल प्रज्ञा प्रतिष्ठानका सदस्यसचिव प्रा.जगत प्रसाद उपाध्याय, प्राज्ञहरू प्रा.डा.हेमनाथ पौडेल, लक्ष्मी माली र प्रगतिशील लेखक सङ्घका पूर्व अध्यक्ष प्रा.डा.जीवेन्द्र देव गिरीको उपस्थिति थियो ।