
काठमाडौं, ४ भदौ । नेपाली काङ्ग्रेका नेता तथा सासंद प्रदीप गिरिको शरीरका धेरै अंगहरूले काम गर्न छोडेको बताइएको छ ।
ललितपुरको मेडिसिटी अस्पतालमा उपचाररत उनको शरीरका धेरै अङ्गहरूले काम गर्न छाडेको उनको परिवारले जानकारी दिएको हो । आज शनिबार भारती सिलवाल गिरिले प्रेस नोट जारी गर्दै सो जानकारी गराएकी हुन् ।
गिरिलाई निमोनियाले धेरै नै च्यापेको र पछिल्लो पटक शरीरका थुप्रै अंगहरूले काम गर्न छोडेको विज्ञप्तिमा उल्लेख छ । साथै उनको स्वास्थ्य लाभको कामना गर्न पनि प्रेस नोटमा उल्लेख गरिएको छ ।
हेर्नुहोस् प्रेस नोट–
















प्रतिक्रिया