४ कार्तिक २०८३, बुधबार

पदाधिकारी चयनबारे प्रचण्डले राखेको प्रस्ताव स्थायी कमिटी बैठकद्वारा पारित

70
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ४ भदौ । नेकपा माओवादी केन्द्रको पदाधिकारी चयनबारे पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राखेको प्रस्ताव स्थायी कमिटी बैठकद्वारा सर्वसम्मतले पारित भएको छ ।

पार्टी हेडक्वार्टर पेरिसडाँडामा बसेको बैठकमा प्रचण्डले २० जना नेताहरूको नाम पदाधिकारीमा प्रस्ताव गरेका थिए । उक्त प्रस्ताव बैठकले पारित गरेको बैठकमा सहभागी एक नेताले जानकारी दिएका छन् ।

प्रचण्डको प्रस्ताव पारित भएसँगै महाधिवेशन सम्पन्न भएको लामो समयपछि माओवादी केन्द्रको पदाधिकारीले पूर्णता पाएको छ ।

पारित प्रस्तावअनुसार माओवादीको अध्यक्षमा पुष्पकमल दाहाल ‘प्रचण्ड’का साथै वरिष्ठ उपाध्यक्षमा नारायणकाजी श्रेष्ठ र उपाध्यक्षमा कृष्णबहादुर महरा रहने भएका छन् ।

त्यसैगरी पार्टीको महासचिवमा देव प्रसाद गुरुङ र उपमहासचिवमा गिरिराजमणि पोखरेल, वर्षमान पुन, हरिबोल गजुरेल, पम्फा भुसाल, जनार्दन शर्मा, मात्रिका यादव र शक्ति बस्नेतलाई चयन गरिएको छ ।

यसैगरी दिनानाथ शर्मा, चक्रपाणि खनाल, देवेन्द्र पौडेल, लिलामणि पोखरेल, गणेश साह, हितमान शाक्य, हितराज पाण्डे, डिलाराम शर्मा र राम कार्कीलाई सचिव चयन गरिएको भने कोषाध्यक्षमा श्रीराम ढकाल चयन भएका छन् ।