
काठमाडौं, ४ भदौ । ललितपुरस्थित मेडिसिटी अस्पतालमा उपचाररत काङ्ग्रेस नेता एवम् प्रतिनिधिसभा सदस्य प्रदीप गिरिको स्वास्थ्यवस्था बुझ्न राष्ट्रपति विद्यादेवी भण्डारी मेडिसिटी अस्पताल पुगेकी छिन् ।
उनले गिरिलाई भेटेर स्वास्थ्य अवस्थाबारे जानकारी लिँनाका साथै शीघ्र स्वास्थ्यलाभको कामना पनि गरेकी छिन् ।
शनिबार बिहान ११ बजे अस्पताल पुगेकी भण्डारी करिब एक घण्टा त्यहाँ बसेर नेता गिरिको स्वास्थ्यवस्थाबारे जानकारी लिएकी हुन् ।
सो क्रममा उनलाई अस्पताल सञ्चालक समितिका अध्यक्ष डा. उपेन्द्र महतोले नेता गिरिको स्वास्थ्य अवस्थाबारे जानकारी गराएका थिए ।
घाँटीको क्यान्सरबाट लामो समयदेखि पीडित नेता गिरिलाई पछिल्लो समय निमोनिया समेत देखिएपछि साउन दोस्रो साता ललितपुरस्थित मेडिसिटी अस्पतालमा भर्ना गरिएको थियो ।
गिरिको स्वास्थ्यवस्था झन्–झन् बिग्रिदै गएपछि उनलाई भेट्न पार्टीका नेताहरू र सुभेच्छुकहरूको बाक्लो भीड अस्पतालमा लाग्न थालेको छ ।
यसैबीच नेता गिरीको स्वास्थ्यस्थिति हिजोदेखि नै स्थिर छ । शनिबार दिउँसो जारी स्वास्थ्य अपडेट अनुसार उनलाई भेन्टिलेटर सपोर्टमा नै राखिएको छ ।















प्रतिक्रिया