
काठमाडौं, ३ भदौ । पूर्व पत्रकार एवम् विवेकशील साझा पार्टीका पूर्वसंयोजक रवीन्द्र मिश्रले ५/६ वटा (आधा दर्जन) जति दलहरूसँग गठबन्धन गर्दा पनि नेपाली काङ्ग्रेसलाई एमालेसँग पराजित हुने डर कायम रहेको बताएका छन् ।
आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनका लागि नेकपा एमालेविरुद्ध महागठबन्धन बनाएर अगाडि बढिरहेको काङ्ग्रेस विभिन्न कालखण्डमा गरेको गल्ती र कमजोरीका कारण अहिले चुनावदेखि भाग्नुपर्ने वा डराउनुपर्ने अवस्थामा पुगेको मिश्रको टिप्पणी छ ।
विश्वेश्वर प्रसाद कोइरालाको नीति, विचार र सिद्धान्तलाई गाउँ–गाउँसम्म पुर्याउन सकेको भए काङ्ग्रेसले आज आफ्नै नेता, पार्टी सदस्य र सुभेच्छुकहरूको घाँटी रेट्ने तथा हात–खुट्टा भाँच्नेहरूसँग गठबन्धन गर्नै नपर्ने उनको तर्क छ ।
विश्वेश्वर प्रसाद कोइरालाले लेखेको पुस्तक ‘राजा, राष्ट्रियता र राजनीति’को तस्वीरसहित मिश्रले ट्विटरमा लेखेका छन्, ‘यदी कांग्रेसले ‘बीपी राजमार्ग’ नछोडेको र बीपीको यो पुस्तक गाउँगाँउसम्म पुर्याएको भए आज कांग्रेसले चुनाव जित्न आफ्नै सदस्य तथा नेताको घाँटी रेट्ने र हातखुट्टा भाँच्नेहरूको वैशाखी टेक्नु पर्ने थिएन । ५/६ वटा पार्टीको गठबन्धन गर्दा नि एक्लो एमालेसँग चुनाव हारिएला भनेर डराउनु पर्ने थिएन ।’
यदी कांग्रेसले ‘बीपी राजमार्ग’ नछोडेको र बीपीको यो पुस्तक गाउँगाँउसम्म पुर्याएको भए आज कांग्रेसले चुनाव जित्न आफ्नै सदस्य तथा नेताको घाँटी रेट्ने र हातखुट्टा भाँच्नेहरूको वैशाखी टेक्नु पर्ने थिएन। ५/६ पार्टीको गठबन्धन गर्दा नि एक्लो एमालेसँग चुनाव हारिएला भनेर डराउनु पर्ने थिएन।+ pic.twitter.com/X57H1Btckl
— Rabindra Mishra (@RabindraMishra) August 19, 2022















प्रतिक्रिया