
काठमाडौं, ३ भदौ । नेपाली काङ्ग्रेसका नेता एवम् प्रतिनिधिसभा सदस्य प्रदीप गिरिलाई भेट्न प्रतिनिधिसभाका सभामुख अग्नीप्रसाद सापकोटा पनि मेडिसिटी अस्पतालमा पुगेका छन् ।
उनले हिजो साँझ अस्पताल पुगेर उपचाररत सांसद गिरिको स्वास्थ्यवस्थाबारे जानकारी लिएको आज बताएका छन् ।
गिरिको ललितपुरको मेडिसिटी अस्पतालको सघन उपचार कक्ष (आईसीयू)मा राखेर उपचार भइरहेको छ । गत वर्ष उनलाई घाँटीमा क्यान्सर भएपछि भारतको मुम्बईमा उपचार गरेर आएपछि गिरी पछिल्लो समय घरमै आराम गरिरहेका थिए ।
तर, स्वास्थ्यमा पुनः समस्या देखिएपछि अस्पताल लगिएको थियो ।















प्रतिक्रिया