४ कार्तिक २०८३, बुधबार

पत्रकार सिंखडामाथि आक्रमण गर्नेहरू अझै पक्राउ परेनन्

13.4k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

चितवन, ३ भदौ । पत्रकार शिशिर सिंखडामाथि आक्रमण भएको तीन दिन बितिसक्दा पनि आक्रमणकारीहरू पक्राउ पर्न सकेका छैनन् ।

प्रहरीले खोजी कार्य जारी रहेको बताए पनि उनीहरु पक्राउ पर्न भने सकेका छैनन् । जिल्ला प्रहरी कार्यालय चितवनका डीएसपी तथा प्रवक्ता नरहरि अधिकारीले पत्रकार सिंखडालाई आक्रमण गर्नेहरुको खोजी कार्य जारी रहेको बताएका छन् ।

पत्रकार सिंखडामाथि बुधबार बिहान हातपात भएको थियो । दैनिक कामको सिलसिलामा कालिका नगरपालिकामा पर्ने खोलेसिमल बजारबाट फर्कदै गरेको समयमा सिंखडालाई दिपक लामिछाने लगायत चार जनाको समूहले आक्रमण गरेका थिए ।

यसैबीच घटनामा संलग्न रहेका चार जना विरुद्ध पत्रकार सिंखडाले बुधबार नै जिल्ला प्रहरी कार्यालय चितवनमा किटानी मुद्दा दायर गरेका छन् ।