४ कार्तिक २०८३, बुधबार

राउण्ड टेबल नेपालद्वारा सरस्वती सदनलाई विद्यालय भवन हस्तान्तरण

42
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

मोरङ, ३ भदौ । विराटनगर प्लाटिनम राउण्ड टेबल नेपालले मोरङको बुढीगंगा गाउँपालिकस्थित सरस्वती सदन आधारभूत विद्यालयलाई विद्यालय भवन हस्तान्तरण गरेको छ ।

राउण्ड टेबलले सो विद्यालयमा बहुवर्ष योजनाअन्तर्गत २ करोड रुपैयाँ बढीको लगानीमा विद्यालय परिसरमा चार कोठे भवन निर्माण गरी उद्घाटन तथा हस्तान्तरण गरिएको राउण्ड टेबल नेपालका अध्यक्ष आनन्द बाहेतीले जानकारी दिए ।

विराटनगर प्लाटिनम राउण्ड टेबल नेपालले यूरोपस्थित राउण्ड टेबल यूरो ११ सँग सहकार्य गर्दै सो विद्यालयमा ४० लाखको लगानीमा चार कोठे पक्की भवन थप गरेको हो । राउण्ड टेबल नेपालले सोही संस्थासँग सहकार्य गर्दै उक्त विद्यालयमा यसअघि नै १६ वटा कोठा निर्माण गरिसकेको छ ।

विराटनगर राउण्ड टेबल नेपालले सन् २००६ यता उक्त विद्यालयको अभिभावकत्व ग्रहण गरेको छ । अभिभावकत्व ग्रहण गरिएयता विद्यालयमा निरन्तर भौतिक संरचनाको निर्माण गर्दै आएको विराटनगर राउण्ड टेबल प्लाटिनम ११ का अध्यक्ष प्रणव तोदीले बताए ।

थप गरिएको ४ कोठासँगै हालसम्म राउण्ड टेबल नेपालले उक्त विद्यालयमा २० वटा कोठाको निर्माण सम्पन्न गरिसकेको छ । निर्माण गरिएको सोही कोठाहरुबाट विद्यालयको प्रशासनिक कामकारबाहीका साथै विद्यार्थीहरुको अध्ययन–अध्यापन हुने गरेको छ । त्यतिमात्र नभई विद्यालयको शैक्षिक गुणस्तर अभिबृद्वि गर्न समेत राउण्ड टेबल नेपालले भूमिका निर्वाह गर्दै आएको छ ।

आफूहरुले अभिभावकत्व ग्रहण गर्नुअघि उक्त विद्यालय नजिकैको जग्गामा टिनको छानो भएको कोठामा सञ्चालन हुने गरेको राउण्ड टेबल नेपालका पूर्वध्यक्ष दीवाकर राठीले जानकारी दिए । बिजोग अवस्था देखेर आफ्नो संस्थाले सो विद्यालयको अभिभावकत्व ग्रहण गरेको र त्यसयता निरन्तर विकास निर्माण तथा भौतिक सामग्री जुटाइदिने काम गर्दै आएको राठीको भनाइ छ ।