४ कार्तिक २०८३, बुधबार

बौद्धिक सम्पत्ति संरक्षणका लागि कानुन बनाउन सरकार गम्भीर छ : मन्त्री बडु

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ३ भदौ । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दिलेन्द्र प्रसाद बडुले बौद्धिक सम्पत्ति संरक्षणका निम्ति आवश्य र समयसापेक्ष कानुन निर्माणमा सरकार गम्भीर रहेको बताएका छन् ।

बौद्धिक सम्पत्ति संरक्षणका लागि समयसापेक्ष कानून निर्माण गर्न सरकार सकारात्मक रहेको बताउँदै उनले पूरानो कानूनलाई परिमार्जन गर्दै नयाँ कानुन निर्माणमा सरकार प्रतिबद्ध रहेको समेत बताएका छन् ।

नेपाल–भारत उद्योग वाणिज्य संघले हिजो काठमाडौंमा आयोजना गरेको नेपालमा वैदेशिक लगानी आउनमा बाधक बौद्धिक सम्पत्तिसम्बन्धी अन्तरक्रिया कार्यक्रममा विभिन्न उद्योगी–व्यवसायीहरूको धारणा सुनेका मन्त्री बडुले उक्त आश्वासन दिएका हुन् ।

नयाँ बन्ने कानुनले उद्योगीका समस्या समाधान हुने र उक्त काुनन निर्माण गर्दा सम्बन्धित सरोकारवालाहरूसँग पनि छलफल गरिने प्रतिबद्धता उनले व्यक्त गरेका छन् ।

कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्र प्रसाद ढकाल, नेपाल उद्योग परिसंघका उपाध्यक्ष कृष्ण प्रसाद अधिकारी, नेपाल चेम्बर अफ कमर्शका अध्यक्ष राजेन्द्र मल्ल, नेपालमा रहेका बहुराष्ट्रिय कम्पनीहरूको प्रतिनिधित्व गर्दै सूर्य नेपालका प्रबन्ध निर्देशक रबिकुमार रायभरम र किरण सुजका अध्यक्ष तथा प्रबन्ध निर्देशक अमिर प्रताप राणालगायतले विशेष प्रस्तुति र मन्तव्य व्यक्त गरेका थिए ।

उनीहरूले वर्तमान परिप्रेक्षमा बौद्धिक सम्पत्ति अत्यन्त महत्वपूर्ण रहेको उल्लेख गर्दै विश्वव्यापी डिजिटल परिवर्तन हुँदै गरेको समयमा सान्दर्भिक बौद्धिक सम्पत्तिसम्बन्धी कानून ल्याउनुपर्नेमा जोड दिएका थिए ।

कार्यक्रममा लामो समयदेखि बौद्धिक सम्पत्तिसम्बन्धी कानूनी पैरवी गर्दै आएका वरिष्ठ अधिवक्ता सज्जनवरसिंह थापाले पनि आफ्नो धारणा व्यक्त गरेका थिए । उनले नेपालमा ५७ वर्ष पूरानो कानूनको अभ्यास भइरहेकाले पछिल्लो समय उत्पन्न भएका बौद्धिक सम्पत्तिका मुद्दाहरूको निराकरण तथा समाधान हुन नसकेको बताएका थिए ।