शनिबार, १५ वैशाख २०८१
DainikNepal.com
शनिबार, १५ वैशाख २०८१

हर्क र बालेनलाई दीपकराज गिरीको प्रश्न– लठ्ठी जुधाएर भाँच्यौ भने के टेक्छौ ?

दैनिक नेपाल २०७९ भदौ ३ गते १५:२०

काठमाडौं, ३ भदौ । चर्चित हास्य कलाकार दीपकराज गिरीले धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङ र काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह ‘बालेन’लाई लठ्ठी जुधाउँदा जुधाउँदै भाँच्यौ भने के टेक्छौ, के बजाउँछौ भन्दै व्यङ्ग्यात्मक प्रश्न गरेका छन् ।

विगत केही दिनयता सामाजिक सञ्जालमा मेयर बालेन र राईबीच चलेको घोचपेच र व्यंग्यलाई लक्षित गर्दै गिरीले यस्तो प्रश्न गरेका हुन् । ‘लठ्ठी टेक्ने हो ! आपत पर्दा बजाउने पनि हो !! लठ्ठी जुधाएरै भॉच्यौ भने के टेक्छौ के बजाउँछौ,’ गिरीले फेसबुकमा लेखेका छन् ।

गत ३० वैशाखमा सम्पन्न स्थानीय तहको निर्वाचनमा यी दुवै उम्मेदवारले स्वतन्त्र उम्मेदवार भइ ‘लौरो’ चुनाव चिह्नबाट निर्वाचन लडेका थिए । सोही चिह्नलाई लक्षित गर्दै गिरीले लौरोको इज्जत जोगाएर काम गर्न साङ्केतिक सुझाव दिँदै व्यङ्ग्य समेत कसेको अनुमान गर्न सकिन्छ ।

खासगरी यतिबेला काठमाडौं उपत्यकामा थुप्रिएको फोहोर र त्यसको व्यवस्थापनका विषयमा उनीहरुबीच घोचपेच चलेको हो । केही दिनअघि काठमाडौं आएका मेयर राई अहिले धरान फर्किसकेका छन् । धरान फर्किएपछि मेयरद्वयबीच सामाजिक सञ्जालमा आरोप–प्रत्यारोपको दोहोरी चलिरहेको छ ।

प्रतिक्रिया
सम्बन्धित