१ कार्तिक २०८३, आइतबार

भारत-पाकिस्तान खेलको टिकट ३ घन्टामै सकियो,एक टिकटको मुल्य ९१ लाख २० हजार भारुसम्म

70
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, ३ भदौ । एशियाकप अन्तर्गत २८ अगस्टमा सुरु हुने भारत र पाकिस्तानबिच हुने खेलको टिकट पाउनको लागि समर्थकले अनौठो संघर्ष गर्नु परिरहेको छ। दुबईमा हुने खेलको टिकट १५ अगस्टबाट बेच्न सुरु गरिएको थियो।

तर टिकटको मागको क्यु यति लामो थियोकी कयौं समर्थकले अनलानइ अर्डरका क्रममा ५ लाख भन्दा बढीको वेटिङ लिस्टमा सामिल हुनु परेको थियो। तोकिएको टिकट सिर्फ ३ घन्टामानै सबै बिकेको थियो। जसका कारण धेरै समर्थक रितो हात रहे।

तर दलालको बिगबिगिपनि अत्याधिक रहेको छ। यो बिचमा भारत-पाकिस्तान बिचको खेलको टिकट क्लासिफाइड वेबसाइट तथा सामाजिक सञ्जालमार्फत ब्ल्याकमा बेच्न सुरु गरिएको छ। एक टिकटको मुल्य ५ हजार ५०० दिरहम ९१ लाख २० हजार भारु सम्ममा बिक्रि गरिएको छ। जबकी टिकटको बास्तबिक मुल्य ५४ हजार भारु रहेको थियो।

ब्ल्याकमा ब्यापक रुपमा टिकट विक्रि बढेपछि एशियाकपको टिकटिङ पार्टनर प्लेटिनम लिस्टु ले टिकट यसरी बेच्नु अवैध भएको बताएको छ। उसले समर्थकलाई यस्तो टिकट अमान्य घोषणा हुन सक्ने भन्दै सचेत रहन भनेको छ। उसले कुनै दोस्रो माध्यामबाट खरिद गरिने टिकट अमान्य हुने भन्दै त्यस्तो कार्य नगर्न सबैलाई आग्रह गरेको छ।