
काठमाडौं, २ भदौ । नेपाल टेलिकमले ग्राहकहरूको सहजताका लागि भारतमा कल गर्न ‘इन्डिया भ्वाइस प्याक’ उपलब्ध गराएको छ ।
भदौ १ गतेदेखि लागू भएको उक्त प्याकेजअन्तर्गत उपलब्ध दैनिक, साप्ताहिक र मासिकमध्ये आफूलाई उपयुक्त अफर छनोट गरी सदुपयोग गर्न सकिने कम्पनीले बताएको छ ।
डेली अफरअन्तर्गत २४ घण्टा (एक दिन) मा १७ मिनेट कुराकानी गर्न सकिने प्याक जम्मा रू. ५९ मा उपलब्ध छ । त्यसैगरी विक्ली अफरअन्तर्गत ७ (एक हप्ता) दिनसम्म ७५ मिनेट र मन्थ्ली अफरअन्तर्गत ३० दिन (एक महिना) सम्म २२१ मिनेट कुराकानी गर्न सकिने प्याकहरू क्रमश रू. २५९ र रू. ७५९ मा उपलब्ध रहेको कम्पनीको भनाइ छ ।
एक्सेस कोडहरू ००, १४२४, १४२५ वा १४४५ प्रयोग गरी भारतमा उपलब्ध कुनै पनि मोबाइल तथा टेलिफोन नम्बरमा कल गर्न सकिने छ । यो प्याकेज गरिद गर्नका लागि आफ्नो मोबाइलबाट स्टार १४१५ ह्यास डायल गरी ७ नम्बर छनोट गरी खरिद प्रक्रिया अघि बढाउन सकिन्छ ।
कम्पनीको ‘नेपाल टेलिकम’ एपबाट पनि यससम्बन्धी जानकारी लिन तथा सेवा खरिद गर्न सकिने कम्पनीले जानकारी दिएको छ । त्यसैगरी कम्पनीको वेबसाइटमार्फत पनि यससम्बन्धी विस्तृत जानकारी प्राप्त गर्न र सेवा खरिद गर्न सकिने कम्पनीका प्रवक्ता रञ्जित लोहियाले जानकारी दिए ।















प्रतिक्रिया