४ कार्तिक २०८३, बुधबार

माछापुछ्रे बैंकद्वारा नेपाल नाई संघलाई क्यूआर कोड हस्तान्तरण

266
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २ भदौ । माछापुछ्रे बैंकले ‘नेपाल नाई संघ’लाई क्यूआर कोड हस्तान्तरण गरेको छ ।

देशका हरेक वर्ग र तहका ग्राहकवर्गमाझ डिजिटल सेवाको पहुँच पुर्याउने उद्देश्यले क्यूआर कोड हस्तान्तरण गरेको बैंकले जनाएको छ । डिजिटल बैंकिङमा आक्रमक बन्दै देशका हरेक स्थानमा सरल र सहज सेवा विस्तार गर्ने क्रममा बैंकले ‘नेपाल नाई संघ’लाई क्यूआर कोड हस्तान्तरण गरेको हो ।

देशका विभिन्न स्थानमा रहेका तीन लाख भन्दा बढी सैलुन व्यवसायीहरू लाभान्वित हुने उद्देश्यले बैंकले ‘नेपाल नाई संघ’लाई क्यूआर हस्तान्तरण गरेको विज्ञप्तिमार्फत जानकारी दिएको छ ।

राजधानीमा मंगलबार आयोजित एक औपचारिक कार्यक्रममा नाई संघका अध्यक्ष राजाराम ठाकुरलाई बैंकका प्रमुख डिजिटल बंैकिङ अधिकारी माधव सुवेदीले क्यूआर हस्तान्तरण गरेका थिए ।

उक्त क्यूआर हस्तान्तरणपछि ग्राहकले नाई संघमा आबद्ध सैलुन व्यवसायीबाट विभिन्न सेवा लिएवापत लाग्ने शुल्क आफ्नो मोबाइल बैंकिङ एपमार्फत क्यूआर स्क्यान गरी भुक्तानी गर्न सक्ने छन् ।

नगदको विकल्पमा नवीन र प्रयोग गर्न अति नै सहज भएको कारण क्यूआर कोडको प्रयोग आम मानिसमा बढ्दै गइरहेको छ ।