४ कार्तिक २०८३, बुधबार

ग्लोबल आईएमई बैंकले सुरु गर्‍यो अनलाइन भिडियोमार्फत ग्राहक पहिचान सेवा

28
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २ भदौ । ग्लोबल आईएमई बैंकले अनलाइन भिडियोमार्फत ग्राहक पहिचान (भीकेवाईसी) सेवाको सुरुवात गरेको छ ।

यो सेवाको सुरुवातसँगै ग्लोबल आईएमई बैंकका नयाँ ग्राहकहरूले अनलाइनमार्फत खाता खोली भिडियो केवाईसीमार्फत आफ्नो पहिचान गरी खाता सुचारु गर्न सक्ने छन् ।

बैंकमा नयाँ खाता खोल्ने ग्राहकहरूले खाता खोल्नलगायत केवाईसी फारम भर्न बैंक नै धाउनुपर्ने छैन । नयाँ खाता खोल्दा आवश्यक पर्ने कागजातहरू प्रमाणित गर्न तथा ग्राहक पहिचान गर्न अनलाइन भिडियोमार्फत गर्न सकिने बैंकले जनाएको छ ।

बैंकले ग्राहकलाई अनलाइन खाता खोल्ने सुविधा दिइरहेकोमा भिडियो केवाईसी अझ प्रभावकारी हुनेछ भन्ने बैकले विश्वास लिएको छ ।

यो सेवाबाट फरक क्षमता भएका व्यक्तिगत ग्राहकहरू, विदेशमा बसोबास गर्ने नेपाली नागरिकहरूले विश्वको कुनै पनि ठाउँबाट भिडियो केवाईसी सेवामार्फत अनलाइनबाटै बैंकमा खाता खोल्न सक्नेछन ।

मुलुकका सतहत्तरै जिल्लामा २८९ शाखा रहेको नेपालको पहिलो निजी क्षेत्रको बैंकले २७० एटीएम, २७५ शाखारहित बैंकिङ्ग सेवा, ५२ एक्सटेन्सन तथा राजश्व संकलन काउन्टर तथा ३ वटा वैदेशिक प्रतिनिधि कार्यालयसमेत गरी ८८१ भन्दा बढि सेवा केन्द्रबाट ३० लाख भन्दा बढि ग्राहकहरू माझ सेवा प्रदान गरिरहेको छ ।

त्यसैगरी बैंकले संयुक्त राज्य अमेरिका, संयुक्त अधिराज्य, क्यानडा, अष्ट्रेलिया, मलेसिया, दक्षिण कोरिया, जापान, साउदी अरेबिया, कतार, युएई, बहराइन, कुवेत, भारत, जोर्डन, हङकङ लगायतका मुलुकबाट रेमिट्यान्स भित्र्याउँदै देशको अर्थ व्यवस्थामा महत्वपूर्ण योगदान पुर्याउँदै आइरहेको छ ।