४ कार्तिक २०८३, बुधबार

अध्यक्ष तिमिल्सिनाद्वारा रानी–जमरा सिंचाई आयोजनाको निरीक्षण

224
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

कैलाली, २ भदौ । राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले कैलालीमा निर्माणाधीन रानी–जमरा कुलारिया सिंचाई आयोजनाको निरीक्षण गरेका छन् ।

राष्ट्रिय सभाअन्तर्गत संघीयता कार्यान्वयन अध्ययन तथा अनुगमन संसदीय विशेष समितिको ‘संघीय शासन प्रणाली सवलिकरण’ सम्बन्धी कार्यक्रमका लागि सुदूरपश्चिम आएका अध्यक्ष तिमिल्सिनाले राष्ट्रिय गौरवको रानी–जमरा सिंचाई आयोजनाको निरीक्षण गरेका हुन् ।

रानी–जमरा सिंचाई आयोजना आर्थिक वर्ष २०७१/०७२ देखि शुरू भएको र कुल लागत १ अर्ब ९८ करोड २ लाख ४१ हजार रहेको आयोजना हो । कैलालीको करिब ३८ हजार हेक्टर जमीनमा सिंचाई हुने आयोजनाको हालसम्म ९० प्रतिशत भौतिक प्रगति भएको र ८५ प्रतिशत वित्तीय प्रगति रहेको आयोजनाका सिनियर डिभिजनल इन्जिनीयर टोपबहादुर खत्रीले जानकारी दिए ।

कर्णाली नदीबाट १ लाख लिटर प्रतिसेकेण्ड पानी सिंचाइका लागि नहरमा पठाउने उद्देश्य रहेको र ४.७१ मेगावाट विद्युत् उत्पादन गर्नेगरी काम भइरहेको र चालू आर्थिक वर्षभित्र निर्माण सम्पन्न हुने आयोजनाले जनाएको छ ।