
काठमाडौं, २ भदौ । नेकपा एमालेले भोलि स्वास्थ्य र जनसंख्या क्षेत्रका विज्ञ तथा जानकारहरूसँग अन्तरक्रिया तथा छलफल गर्ने भएको छ ।
पार्टीको स्वास्थ्य तथा जनसंख्या विभाग र राष्ट्रिय स्वास्थ्यकर्मी महासंघ नेपालको आयोजनामा उक्त छलफल हुन लागेको बताइएको छ ।
शुक्रबार दिउँसो १ बजे बागबजारस्थित होटेल हार्दिकमा हुने छलफलमा आगामी निर्वाचनका लागि तयार पारिने घोषणापत्रमा समेटिनुपर्ने विषयहरूबारे छलफल हुने बताइएको छ ।
मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनका लागि एमालेले घोषणापत्र लेखनको कार्य शुरू गरिसकेको छ । सोही सन्दर्भमा स्वास्थ्य र जनसंख्या क्षेत्रका विषयबारे छलफल गर्न लागिएको स्वास्थ्य तथा जनसंख्या विभागका प्रमुख योगेश भट्टराईले जानकारी दिए ।















प्रतिक्रिया