४ कार्तिक २०८३, बुधबार

सिदार्थ बैंकले ल्यायो ‘सिदार्थ बैंक स्मार्टएक्सपी’, सहजै सञ्चालन गर्न सकिने

56
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २ भदौ । सिदार्थ बैंकले आफ्नो मोबाइल बैंकिङ एपलाई सिदार्थ बैंक स्मार्ट एक्सपीमा स्तरोन्नति (अपग्रेड) गरेको छ ।

यसबाट एपमा हुने धोकाधडी (ठगी) नियन्त्रण गर्नुका साथै सर्बमाध्यम एवम् बहुच्यानलमार्फत सहजै प्रयोग गर्न सकिने बैंकले जनाएको छ । ‘एफवान सफ्ट इन्टरनेशनलले प्रवर्द्धन गरेको नयाँ एप्लिकेशन बैंक एक्सपी आर्किटेक्चरमा आधारित छ, जसले प्रयोगकर्ताको कार्यक्षमताको दायरालाई अझ फराकिलो बनाउनेछ,’ बैंकद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

सिदार्थ बैंक स्मार्ट एक्सपी डिजिटल बैकिङमा सर्वव्यापी दृष्टिकोणमा आधारित छ । यसले ग्राहकलाई उनीहरुको मोबाइल र वेब उपकरणबाट एप्लिकेशन प्रयोग गर्नका लागि उही प्रमाणहरु (पासवर्ड) प्रयोग गरी प्रयोग गर्न सकिनेछ । नयाँ एप्लिकेशनमा बिल भुक्तानी, चेकबुक अनुरोध, सेल्फ पासवर्ड/पिन रिसेट, इएपोइन्टमेन्ट, उपकरणहरुबीचको अन्तरसञ्चालन लगायतका थुप्रै सुविधा उपलब्ध छन् ।

साथै सिदार्थ बैंक स्मार्ट एक्सपीले ठगी नियन्त्रणमा नवीनतम संयन्त्रलाई पनि प्रयोग गरिरहेको छ । यस एपमा प्रयोगकर्ताले लग इन गर्न खोजेको सिम नम्बर स्वतः प्रमाणित गर्ने क्षमता छ, र प्रयोगकर्ताको खातामा दर्ता भएको सिम त्यहि नम्बर हो भनी प्रमाणित नभएसम्म प्रयोगकर्तालाई एप प्रयोग गर्न अनुमति दिँदैन ।