
काठमाडौं, २ भदौ । संयुक्त राष्ट्रसंघको आह्वानमा शान्ति स्थापनार्थ दक्षिण सुडानमा खटिएको नेपाली सैनिकहरूको अदलीबदली भएको छ ।
उक्त स्थानमा तैनाथ श्रीजंग गणका ११औं डफ्फाका शान्ति सेनालाई बदली गरी श्री शेर गणका १२औं डफ्फाका शान्ति सैनिकलाई त्यसतर्फ पठाइएको नेपाली सेनाले जनाएको छ ।
प्रमुख सेनानी मदनजंग कार्कीको नेतृत्वमा २३३ जना नेपाली शान्ति सेना यूएन चार्टर्ड फ्लाइटमार्फत काठमाडौंबाट मिशनतर्फ प्रस्थान गरेको छ ।
संयुक्त राष्ट्रसंघको आह्वानमा शान्ति स्थापनार्थ विगतदेखि नै नेपाली सेना विभिन्न यूएन मिशनहरूमा सहभागी भई द्वन्द्वग्रस्त मुलुकहरुमा शान्ति स्थापना कार्यमा महत्वपूर्ण योगदान पुर्याउँदै आइरहेको छ ।















प्रतिक्रिया