
काठमाडौं । दिल विकास राजभण्डारी राप्रपा नेपाल परित्याग गरी राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) मा फर्किएका छन् ।
संवैधानिक राजसंस्था, सर्वधर्म समभाव पूर्ण धार्मिक स्वतन्त्रतासहितको हिन्दु राष्ट्रको पक्षमा निरन्तर सक्रिय र समर्पित रहेको बताउँदै राजभण्डारीले राप्रपामा फर्किएको घोषणा गरेका छन् ।
बिहीबार एक विज्ञप्ति जारी गर्दै राजभण्डारीले राजावादी, हिन्दुवादी र राष्ट्रवादी शक्तिहरु एकतावद्ध हुनुपर्छ भन्ने मान्यतामा आफू दृढ रहेको बताएका छन् ।















प्रतिक्रिया