
काठमाडौं, २ भदौ । एक जना सात वर्षीया बालिकासहित अन्य दुई जना महिला बलात्कृत भएका छन् ।
प्राप्त जानकारी अनुसार भक्तपुर, म्याग्दी र ओखलढुङ्गामा यो घटना घटेको हो ।
सात वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा म्याग्दीको बेनी नगरपालिका–४ हरियाली चोक बस्ने ४८ वर्षीय कमल घतानेलाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरको छ । घतानेले ती बालिकालाई गत साउन ३१ गते दिउँसो जबरजस्ती करणी गरेको प्रहरीले बताएको छ ।
त्यस्तै २५ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा भक्तपुरको सूर्यविनायक नगरपालिका–८ बस्ने ५० वर्षीय चण्डेश्वर थापालाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । थापाले ती महिलालाई गत साउन २५ गते जबरजस्ती करणी गरी फरार रहेका उनलाई जिल्ला प्रहरी परिसर भक्तपुरबाट खटिएको प्रहरीले मध्यपुर ठिमी नगरपालिका–४ नयाँठिमीबाट पक्राउ गरेको हो ।
त्यस्तै १९ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा ओखलढुंगाको खिजिदेम्बा गाउँपालिका–३ बस्ने ५१ वर्षीय बालकुमार दर्जीलाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
दर्जीले ती किशोरीलाई गत साउन २६ गते जबरजस्ती करणी गरेको प्रहरीको भनाइ छ । इलाका प्रहरी कार्यालय खिजिफलाटेबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।















प्रतिक्रिया