बिहीबार, १३ वैशाख २०८१
DainikNepal.com
बिहीबार, १३ वैशाख २०८१

माछापुच्छ्रे बैंकको ‘एमबीएल एम–स्मार्ट’बाटै सहज रूपमा कर्जा लिन सकिने

दैनिक नेपाल २०७९ भदौ १ गते २२:३४

काठमाडौं, १ भदौ माछापुच्छ्रे बैंकको मोबाइल बैंकिङ एप ‘एमबीएल एम–स्मार्ट’ बाट अब कर्जा लिन पनि पाइने भएको छ ।

बैंकिङ क्षेत्रमा नयाँ–नयाँ स्मार्ट सुविधासहित विभिन्न ट्रेण्ड सेट गर्दै आएको छापुच्छ्रे बैंकले अब अत्याधुनिक प्रविधिमा आधारित ‘स्मार्ट लोन एगेन्स्ट फिक्स्ड डिपोजिट’ सुविधा शुरू गरेको हो ।

उक्त सुविधाअन्तर्गत ग्राहकले घरमै बसेर माछापुच्छ्रे बैंकमा रहेको आफ्नो मुद्दती निक्षेपबाट चाहेको बखत ‘लोन एगेन्स्ट फिक्स्ड डिपोजिट’ सुविधा प्रयोग गरि मोवाइल बैंकिङ सुविधामार्फत सजिलै कर्जा लिन सक्ने छन् ।

बैंकले ग्राहकलाई खाता खोल्नका लागि बैंकसम्म आउनु नै नपर्ने गरी अनलाइन तथा मोबाइल बैंकिङ एपमार्फत खाता खोल्ने, आफ्नो बचत खातामा रहेको रकमलाई मुद्दती खातामा रुपान्तरण गर्ने र सोही मुद्दती खातामा प्राप्त गर्ने सुविधा ‘लोन एगेन्स्ट फिक्स्ड डिपोजिट’ सहज र सरल तरिकाबाट आफूले चाहेको समयमा लिन सक्ने छन् ।

प्रतिक्रिया
सम्बन्धित