४ कार्तिक २०८३, बुधबार

लाइसेन्सविनै मोटरसाइकल चलाउने २७ जना विद्यार्थी एकैदिन कारबाहीमा

210
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

फाइल फोटो

काठमाडौं, १ भदौ । सवारीचालक अनुमतिपत्र (लाइसेन्स)विनै मोटरसाइकल चलाइरहेका २७ जना विद्यार्थीलाई ट्राफिक प्रहरीले एकैदिन कारबाही गरेको हो ।

काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले गर्दै आइरहेको विशेष चेकिङ अभियानका क्रममा ती विद्यार्थी कारबाहीमा परेका हुन् । कार्यालयका अनुसार आज बुधबार मात्रै ५१ जना विद्यार्थी चालक कारबाहीमा परेका छन् ।

कलेजका विद्यार्थीहरूको सुरक्षालाई दृष्टिगत गर्दै गरिएको ट्राफिक चेकजाँच अभियानका क्रममा सवारी चालक अनुमती पत्र प्राप्त नगरी सवारी साधन चलाउने २७ जना, आवश्यक कागजपत्र साथमा नराखी सवारी साधन चलाउने ३ जना र विविध कसुरमा २१ जना चालकहरू कारबाहीमा परेका छन् ।

यस्तै आज बिहानको नियमित चेकिङमा विविध ट्राफिक नियम उल्लङ्घन गर्ने पानी ट्याङ्करका चालक १०७ जना, एम्बुलेन्सका चालक ४ जना र २१६ जना अन्य सवारी चालकहरूलाई पनि ट्राफिक प्रहरीले कारबाही गरेको छ ।

यस्तै मदिरा सेवन गरी स्कुल बस चलाउँदै गरेका एक जना गरी ३२८ चालक पनि कारबाहीमा परेको काठमाडौ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता एवम् प्रहरी वरिष्ठ उपरीक्षक राजेन्द्र प्रसाद भट्टले जानकारी दिए ।