शुक्रबार, १६ चैत २०८०
DainikNepal.com
शुक्रबार, १६ चैत २०८०

चोरीको मोटरसाइकलसहित पोखराका अमर सुनार पक्राउ

दैनिक नेपाल २०७९ भदौ १ गते २०:४५

काठमाडौं, १ भदौ । चोरी भई हराएको मोटरसाइकलसहित प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा कास्कीको पोखरा महानगरपालिका–२० घर भई हाल काठमाडौंको बालाजु बस्ने २४ वर्षीय अमर सुनार छन् । उनलाई काठमाडौं महानगरपालिका–१६ पकनाजोलबाट आज बुधबार चोरी भई हराएको मोटरसाइकलसहित पक्राउ गरिएको प्रहरीले बताएको छ ।

उनले चलाएको बागमती प्रदेश ०२–०२०–प–३९६८ नम्बरको २२० सीसीको कालो पल्सर शंका लागी चेक गर्दा उक्त मोटरसाइकलको वास्तविक नम्बर बागमती प्रदेश–०२–०१५ प–८२१८ रहेको र उक्त नम्बर परिवर्तन गरी प्रदेश–०२–०२०–प ३९६८ नम्बर प्रयोग गरी चलाइरहेको पाइएकाले उनलाई उक्त मोटरसाइकलसहित काठमाडौ उपत्यका ट्राफिक प्रहरी कार्यालयबाट खटिएको टोलीले बुधबार साँझ ५ बजे पकनाजोलबाट पक्राउ गरेको हो ।

पक्राउ परेका सुनारलाई मोटरसाइकलसहित थप अनुसन्धान तथा कारबाहीका लागि प्रहरी बृत नयाँ बानेश्वर पठाइएको छ ।

उक्त मोटरसाइकल गत वैशाख २६ गते बानेश्वरस्थित मिलनचोकबाट हराएको थियो । बाराको स्वरण घर भई हाल काठमाडौंको सिफल बस्ने रमोद ठाकुर लोहारले उक्त मोटरसाइकल हराएको निवेदन दिएका थिए ।

प्रतिक्रिया
सम्बन्धित