शनिबार, १५ वैशाख २०८१
DainikNepal.com
शनिबार, १५ वैशाख २०८१

रवि लामिछानेको राष्ट्रिय स्वतन्त्र पार्टीले गर्‍यो निर्वाचन नलड्ने घोषणा

दैनिक नेपाल २०७९ भदौ १ गते १८:११

काठमाडौं, १ भदौ । रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीले मंसिर ४ गते हुने प्रदेश सभाको निर्वाचनमा भाग नलिने बताएको छ ।

आज बुधबार फेसबुकमा भिडिओ जारी गर्दै सभापति लामिछानेले विभिन्न प्रदेशमा गरिएका भेलामा सहभागीहरूले प्रदेशको अहिलेको संरचना निकै खर्चिलो भएको र भ्रष्टाचारलाई बढाउन सघाउन बताएपछि आफूहरूले प्रदेश सभामा उम्मेदवारी नदिने बताएका हुन् ।

संघीय तहको प्रत्यक्ष र समानुपातिक निर्वाचनमा मात्रै आफ्नो पार्टीले सहभागिता जनाउने उनको भनाइ छ ।

लामिछाने प्रदेश सभा खारेज गर्दै प्रत्यक्ष निर्वाचित मुख्यमन्त्री हुनुपर्ने आफ्नो पार्टीको धारणा रहेको स्पष्ट पारेका छन् ।

प्रतिक्रिया
सम्बन्धित