५ कार्तिक २०८३, बिहिबार

एमालेमा प्रवेश गर्दै राईले भने : ‘सिद्धान्तहीन सत्ता गठबन्धनले देशलाई दिशाहीन बनाएको छ’

112
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, १ भदौ । पूर्वमन्त्री एवं जसपाका नेता हेमराज राई नेकपा एमालेमा प्रवेश गरेका छन् । उनले अध्यक्ष केपी शर्मा ओलीले आज पार्टीमा स्वागत गरेका हुन् ।

अशोक राईसँगै तत्कालीन संघीय समाजवादी पार्टीमा लागेका उनी जनता समाजवादी पार्टीमा विभाजनसँगै एमालेमा फर्किएका हुन् । ‘सिद्धान्तहीन र लक्ष्यहीन सत्ता गठबन्धनले देशलाई दिशाहीन बनाएको छ । सिद्धान्तनिष्ठ राजनीतिक ध्रुवीकरणले नै देशको राजनीतिलाई स्थायित्वतिर लैजान्छ’, पार्टी प्रवेश गर्दै राईले भने ।