शनिबार, ८ वैशाख २०८१
DainikNepal.com
शनिबार, ८ वैशाख २०८१

फोहोर बोकेका गाडी रोक्न खोजेपछि बञ्चरेडाँडामा प्रहरी र स्थानीयवासीबीच झडप

दैनिक नेपाल २०७९ भदौ १ गते १४:१३

काठमाडौँ, १ भदौ । काठमाडौँ उपत्यकाको फोहोर बिसर्जन गर्न जाँदै गरेको गाडीलाई अबरोध गरेपछि बञ्चरेडाँडामा प्रहरी र स्थानीयवासीबीच झडप भएको छ । स्थानीयले
आफूहरूको माग पूरा नभएसम्म फोहोर फाल्न नदिने भन्दै लगातार अबरोध गरेपछि महानगरपालिकाले प्रहरीको उच्च सुरक्षासहित फोहोर बिसर्जनमा लैजाने प्रयास गरेको थियो ।

तर, जर्बरजस्ती फोहोर बिसर्जन गर्न नदिने भन्दै स्थानीयहरु आन्दोलनमा उत्रिएपछि दुई पक्षीय झडप भएको हो । फोहोर बिसर्जनमा अबरोध सिर्जना गर्ने केही स्थानीयहरुलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया
सम्बन्धित