शनिबार, ८ वैशाख २०८१
DainikNepal.com
शनिबार, ८ वैशाख २०८१

विश्वप्रकाशलाई गठबन्धनको ‘भर’ : ०७४ सालको निर्वाचनमा हारेकै ठाउँबाट उम्मेदवार बन्ने घोषणा

दैनिक नेपाल २०७९ भदौ १ गते ११:२७

काठमाडौं, १ भदौ । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले झापाबाट उम्मेदवार बन्ने घोषणा गरेका छन् । उनले सामाजिक सन्जाल मार्फत आगामी मंसिर ४ गते हुने निर्वाचनमा झापाबाटै उम्मेदवार बन्ने घोषणा गरेका हुन् ।
उनले ०७४ सालको निर्वाचनमा झापा क्षेत्र नम्बर १ मा माओवादी केन्द्रका राम कार्कीसँग पराजित भएका थिए । केही समय अघिसम्म शर्मा काठमाडौ ५ मा चुनाव प्रचारमा लागिसकेका थिए । तर, गठबन्धन हुने भएपछि आफ्नो जित सुनिश्चित हुने संकेत पाएसँगै उनले अघिल्लो निर्वाचनमा हारेकै ठाउँबाट उम्मेदवार हुने घोषणा गरेका हुन् ।

‘फेरि प्रस्ट्याऊँ। वाग्मतीको किनारलाई श्रद्धापुर्वक ढोग्ने हो। तर मान्छे म मेची र निन्दा किनारकै हो। काठमाडौ ५ मा चुनाव प्रचारमा पुग्नेछुनै तर उम्मेदवार बन्न चाहँदा गठबन्धनका अर्का मित्रलाई सम्मान साथ साथमा लिएर, झापामै उम्मेदवार बन्नेछु। प्रेम उता घरजम यता कुरै हुन्न’, शर्माले ट्वीटरमा लेखेका छन् ।

प्रतिक्रिया
सम्बन्धित