
काठमाडौं, ३१ साउन । काठमाडौँ महानगरपालिकाको फोहो विसर्जनमा लैजाँदा अवरोध गरेपछि बञ्चरेडाँडामा प्रहरीको गोली लागेर एक जना सिकिस्त भएका छन्।
प्रहरीको उपस्थितिमा बल प्रयोग गरेर फोहोर फाल्न खोजिए पनि प्रहरी र स्थानीय बासिन्दाबीच दोहोरो झडप हुँदा यस्तो भएको हो। प्रहरीले प्रहार गरेको गोली लागेर स्थानीय कमल तामाङ गम्भिर घाइते भएका छन् । धुनीबेंसी नगरपालिका वडा नम्बर १ का अध्यक्ष मानबहादुर तामाङका अनुसार उनको आँखाभन्दा अलिकति माथि गोली लागेको छ ।
घाइते तामाङको प्राथमिक उपचारपछि थप उपचारका लागि अन्यत्रै पठाउने तयारी भैरहेको छ। फोहोर विसर्जनका लागि बाक्लो संख्यामा प्रहरी परिचालन गरिएको छ भने सर्वसाधारणलाई घरबाट बाहिर निस्कनसमेत दिइएको छैन।
प्रहरी आउने थाहा पाएर डाँडामा उक्लिएका स्थानीयहरू फोहोर विसर्जन गर्न शुरु गरेपछि ढुङ्गामुढामा उत्रिएका हुन्। उपत्यकाबाट फोहोर बोकेर ल्यान्डफिल साइट गएका सयौँ गाडी नुवाकोटको आलेटार र सिसडोलमै रोकिएका छन्। त्यहाँको सडकमा प्रहरी परिचालन गरिएको छ।















प्रतिक्रिया