बिहीबार, १३ वैशाख २०८१
DainikNepal.com
बिहीबार, १३ वैशाख २०८१

पूर्वमन्त्री एवम् माओवादी केन्द्रीय सदस्य रामसिंह यादवसहित दर्जनौं कार्यकर्ता एमाले प्रवेश

दैनिक नेपाल २०७९ साउन ३१ गते १९:३३

काठमाडौं, ३१ साउन । नेकपा (माओवादी केन्द्र) का केन्द्रीय सदस्य तथा पूर्वराज्यमन्त्री रामसिंह यादवसहित ३३ जनाले एमालेमा प्रवेशगरेका छन् ।

पूर्वराज्यमन्त्री यादवले नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीको हातबाट टीका लगाएर पार्टी प्रवेश गरेका हुन् ।

च्यासलस्थित एमालेको केन्द्रीय कार्यालयमा आइतबार एक कार्यक्रमबीच अध्यक्ष ओली र महासचिव शंकर पोखरेलले उनीहरूलाई पार्टीमा स्वागत गरेका हुन् ।

माओवादी नेता यादवले नेपालका कम्युनिष्टहरूलाई एकताबद्ध गरेर देश समृद्ध बनाउन एमालेले मात्र सक्छ भन्ने निष्कर्षमा आफू पुगेको बताए ।

पार्टी केन्द्रीय कार्यालय च्यासलमा केन्द्रीय सदस्य यादवसहित प्रदेश कमिटी सदस्य शिवकुमार कापर, सकलदेव रजक र धनुषाका दर्जनौँ जिल्ला कमिटी सदस्यले एमालेमा प्रवेश गरेको एमाले प्रचार विभाग सचिव गगन विष्टले जनाएका छन् ।

एमाले प्रवेश गर्दै यादवले केपी शर्मा ओली नेतृत्वको अघिल्लो सरकारले तराईको विकासमा देखाएको चासोले आफू एमालेप्रति आकर्षित भएको बताएका छन् । नवप्रवेशीलाई पार्टीमा स्वागत गर्दै एमाले अध्यक्ष ओलीले पार्टीभित्र उचित जिम्मेवारी दिने जानकारी दिएका छन् ।

प्रतिक्रिया
सम्बन्धित