४ कार्तिक २०८३, बुधबार

वाईसीएल इञ्चार्ज महतोसहित युवाहरूको ठूलो समूह एमालेमा प्रवेश

266
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

महोत्तरी, ३१ साउन । मधेस प्रदेशका वाईसीएल इञ्चार्ज शङ्कर महतोसहितका युवाहरू नेकपा माओवादी केन्द्र परित्याग गरी नेकपा एमालेमा प्रवेश गरेका छन् ।

एमाले प्रवेश गर्नेहरूमा युवा नेता तथा मधेश प्रदेश वाईसीएलका इञ्चार्ज शङ्कर महतो र जिल्ला इञ्चार्ज मनोज थापासहित युवाहरूको ठूलो समूह रहेको बताइएको छ ।

उनीहरू आज मंगलबार नेकपा एमालेमा प्रवेश गरेका हुन् । ती युवाहरूलाई एमाले अध्यक्ष केपी शर्मा ओलीले एक कार्यक्रमकाबीच पार्टी प्रवेश गराएका हुन् ।

माओवादी केन्द्रले क्षमता भएका युवाहरूलाई निषेध गरेको हुनाले नेकपा एमाले रोजेको उनीहरूको भनाइ छ ।